२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामाडमा केस ट्र्याक्टर


बिर्तामोड । भारतीय कृषकमाझ एक शताब्दीभन्दा लामो समयदेखि लोकप्रिय केस ट्र्याक्टर झापाको बिर्तामोडमा सार्वजनिक गरिएको छ । शनिबार एक कार्यक्रममाझ नेपालका लागि आधिकारिक विक्रेता द हबी अटो ट्रेडिङ प्रालिले बिर्तामोडमा केस ट्र्याक्टरको बिक्री समेत खुला गरेको छ ।
झापाका ट्र्याक्टर प्रयोगकर्ता कृषकसँगको एक भेटघाट कार्यक्रमको आयोजना गरेर कम्पनीले केस ट्र्याक्टर सार्वजनिक गरेको थियो । सार्वजनिक कार्यक्रममै सातजना कृषकले केस ट्र्याक्टर खरिद गरेका थिए । खरिद गर्नेहरुमा इलामका कृषकहरु नन्दलाल लुइँटेल, चन्द्रबहादुर बस्नेत र सुवास जवेगू, बिर्तामोडका कृषकहरु खगेन्द्र पाण्डे, श्री रत्न सप्लायर्स र ज्ञानबहादुर कार्की तथा माधव संग्रौला बाह्रदशी रहेको फिल्ड अफिसर मित्र संग्रौलाले जानकारी दिए ।

बिर्तामोडमा जेएक्स ५५ टि र जेएक्स ७५ टि मोडलका केस ट्र्याक्टर उपलब्ध छन् ।
कम्पनीका क्षेत्रीय बजार प्रमुख प्रकाश कोइरालाका अनुसार केस ट्र्याक्टरमा अन्य कम्पनीका ट्र्याक्टरमा कम डिजल खपत हुने, उच्च तान क्षमता रहेको, जोत्नका लागि विशेष हाइड्रोलिक प्रणाली भएको, २७०० किलोसम्मको उचाल्न सक्ने क्षमता भएको लगायतका विशेषता रहेको छ । भारतमा कृषकको पहिलो रोजाइमा रहेको केस ट्र्याक्टर नेपालमा पनि विस्तारै कृषकमाझ लोकप्रिय बन्ने क्रममा रहेको राजदेव सिंहले बताए । उनी केस ट्र्याक्टरको उत्पादक कम्पनी सिएनएच भारतका म्यानेजर हुन् ।
द हबी अटोका संस्थापक उमेश मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा राजदेव सिंह र प्राविधिक राम बानियाँले केस ट्र्याक्टरका विशेषता र प्राविधिक पक्षका बारेमा कृषकलाई प्रस्ट पारेका थिए । कृषक केदार शमशेर गिरी र कुमार श्रेष्ठले ट्र्याक्टर प्रयोगको अनुभव सुनाएका थिए । कार्यक्रममा झापा टुडे डटकमका सम्पादक हिमाल खरेल, बिबिसी नेपाली सेवाका सम्वाददाता उमाकान्त खनालले कृषिमा आधुनिकीकरणका लागि कृषि औजारको प्रयोग अनिवार्य भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer