२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

पाँच विधामा छ च्याम्पियन


शिवसताक्षी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाको खेलकुद विधाको च्याम्पियन छनोटका लागि जिल्लाका सबै पालिकामा खेलकुद प्रतियोगिता भइरहेका छन् ।
शिवसताक्षीमा विभिन्न विधाबाट २२ निजी विद्यालयमध्ये ६ वटा नगर च्याम्पियन बनेका छन् । प्याब्सन शिवसताक्षी नगरको आयोजनामा नगरका तीन खेल मैदानमा भएका प्रतियोगिताबाट ती विद्यालय छनोटमा परेको प्याब्सन नगरका अध्यक्ष अमृतप्रसाद तिम्सिनाले बताए । माईधारको मेची, रेडरोज, धु्रवतारा, पशुपती, चेतना, क्याम्ब्रिजले विभिन्न विधाको खेलमा नगरस्तरीय प्याब्सनको उपाधि रक्षा गरे । शुक्रबारदेखि सुरु फुटबल, क्रिकेट, भलिबल, टेबल टेनिस र एथ्लेटिक्स विधाका खेलमा विद्यालय छनोट भएका हुन् ।
पालिकाबाट छनोट भएका विद्यालय जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुने छन् । प्याब्सन झापाका अनुसार जिल्लास्तरीय प्रतियोगिता आगामी फागुन ५, ६ र ७ गते दमकमा हुनेछ । शिवसताक्षी नगरपालिकाको दुई लाख सहयोग पाएको प्याब्सन नगरको कार्यक्रम नगरकी उपप्रमुख भोजकुमारी नेपालको प्रमुख आतिथ्यता र नगर शिक्षा अधिकारी तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र दाहालको उपस्थितिमा भएको थियो । शिवसताक्षी नगर प्याब्सनका अध्यक्ष अमृतप्रसाद तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा १ नम्बर प्रदेशका प्याब्सन उपाध्यक्ष मिलनकुमार ढुंगाना, झापा जिल्लाका प्याब्सन उपाध्यक्ष रामहरि घिमिरे, सचिव जनार्दन ढकाल, इस्टु झापाका अध्यक्ष होमराज खतिवडालगायतको उपस्थिति थियो ।
शिवसताक्षी नगर प्याब्सनका वरिष्ठ उपाध्यक्ष राम सुहाङको स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव दिगम पराजुलीले सञ्चालन गरेका थिए । पर्यटन भ्रमण वर्षलाई सफल बनाउन नगर प्याब्सनले दोमुखा, माईधार र मिलनचोकलगायतका खेलमैदानमा प्रतियोगितात्मक खेलकुद आयोजना गरेको सो समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer