२०८१ बैशाख ४ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

सताक्षी गोल्डकप : आज थ्रि स्टार र बेलबारी भिड्दै


झिलझिले । तेस्रो सताक्षी गोल्डकप २०७६ को दोस्रो दिनको खेलमा सोमबार आज ललितपुरे क्लब थ्रि स्टार र बेलबारी फुटबल क्लब भिड्दै छन् ।
झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा दिउँसो २ बजे हुने खेलमा दुवै टिम जित निकाल्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाउने प्रयासमा हुने छन् । यसअघि उद्घाटन खेलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लब मनाङ मस्र्याङ्दीविरुद्व १–० को जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ ।
प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ । प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्टको पुरस्कार ५० हजार र हाइ स्कोररलाई २५ हजार नगदै पुरस्कार प्रदान गरिने भएको छ । त्यस्तै, उत्कृष्ट मिड फिल्डर, फरवर्ड, डिफेन्स, गोल किपर र उत्कृष्ट प्रशिक्षकको पुरस्कार राशी जनही २० हजार र म्यान अफ दि म्याचको १० हजार रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer