२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

मच्छिन्द्रका झापाली खेलाडीलाई झापा गोल्डकपले पुरस्कृत गर्ने



बिर्तामोड । सानमिगल मच्छिन्द्र फुटबल क्लबबाट लिग खेल्ने झापाली खेलाडीलाई सम्मान तथा पुरस्कृत गरिने भएको छ ।
कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्रका झापाली खेलाडीलाई झापा गोल्डकप समितिले पुरस्कृत गर्ने भएको अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए । मच्छिन्द्रबाट खेल्ने छजना खेलाडी झापाका छन् । उनीहरुमध्ये केही झापा ११ फुटबल क्लबका सदस्य पनि हुन् । यो वर्ष लिगमा मच्छिन्द्रले त्रिभुवन आर्मी क्लबलाई हराउँदै इतिहास रचेको थियो । मच्छिन्द्रले पहिलोपटक लिगको उपाधि उचालेको हो ।
अध्यक्ष गिरीका अनुसार मच्छिन्द्रका प्रशिक्षक झापाका प्रवेश कटवालसहित खलाडीलाई एक भव्य कार्यक्रमको आयोजना गरेर सम्मान तथा पुरस्कृत गरिनेछ । प्रशिक्षक कटवाललाई नगद २५ हजार रुपैयाँसहित र खलाडीलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिने गिरीले जानकारी दिए । झापाका विशाल राई बी र योगेश गुरुङ मिल्डफिल्ड, देवेन्द्र तामाङ र विमानप्रसाद राई डिफेन्स, रेजिन सुब्बा र विशाल राई ए फरवार्डका रुपमा लिग खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer