२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

आजदेखि चार दिनसम्म वर्षकै धेरै पानी पर्ने


बिर्तामोड, असार २५ । आज बिहीबारदेखि प्रदेश १ सहित चार प्रदेशमा यो वर्षकै बढी पानी पर्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असार २८ गतेसम्म प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा भारी वर्षा हुनेछ ।

यस वर्ष बैशाखदेखि नै धेरै पानी परिरहेकाले बिहीबारदेखि हुने भारी वर्षाले बाढी, डुबान र पहिरोको जोखिम बढ्ने प्राधिकरणको भनाइ छ । पहाडी भेगको माटो गलिसकेकाले बिहीबादेखि हुने वर्षाले कतिपय स्थानमा पहिरोसमेत जानसक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

उसका अनुसार पहाडी क्षेत्रमा साना खोलानाला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना छ । कतिपय ठाउँमा पहिरो पनि जानसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । शुक्रबारदेखि आइतबारसम्म कनकाई, कोसी, कमला, बाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्नसक्छ ।

‘खासगरी प्रदेश १ र २ का चुरे तथा तराई भएर बस्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन विशेष आग्रह गर्दर्छौं’ सूचनामा भनिएको छ ।

झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायतका जिल्लाका होचा ठाउँमा डुवानको खतरा पनि छ ।

प्राधिकरणका अनुसार ठूला नदी नालामा आउने बाढीबारे जानकारी दिन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ तथा आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्रि नं. ११४९ उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer