२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

झापाली समाज युएसएको अधिवेशन सेप्टेम्बर १२ र १३ मा


बिर्तामोड, भदौ २५ । झापाली समाज युएसए प्रथम अधिवेशनको तयारीमा जुटेको छ । यही सेप्टेम्बर १२ र १३ तारिख भर्चुअल सम्मेलन गर्ने निर्णय गरिएको हो । ‘शिक्षामा सबैको पहुँचको लागि सामुहिक योगदान, एक व्यक्ति एक विद्यार्थी हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सम्मेलन हुनेछ ।

समाजले सम्मेलनको तयारी स्वरूप सदस्यता वितरण र क्षेत्रीय समितिको गठनलाई पनि तीव्रता दिएको छ । मेरिलेन्ड, भर्जिनिया तथा डिसी एरियालाई समेट्ने गरी मोहन उप्रेती (शिवगञ्ज) को अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

समितिमा सन्तोष प्रसार्इं (धुलाबारी) उपाध्यक्ष, तोया पौड्याल (गौरादह) सचिव, आशिष संग्रौला (सुरूंगा) कोषाध्यक्ष तथा सदस्यहरूमा दुर्गा सिटौला (दमक), रूद्र ढुंगेल (दमक), अर्जुन ढुंगेल (जलथल), कुवेर संग्रौला (सुरूंगा), रमेश खनाल (अर्जुनधारा), विजय राजवंशी (बनियानी), गुरू ओली (बुधबारे), राजकुमार ओली रोजा (बुधबारे), नारायण शिवाकोटी (भद्रपुर), भूमा खरेल (भद्रपुर), दिपेन खरेल (दमक), लक्ष्मी मिश्र (घैलाडुब्बा), इन्दिरा अधिकारी (दमक), सरोज उप्रेती (गरामुनी), गौरी रिसाल (गौरादह), प्रदिप अधिकारी (दमक), प्रविण खड्का (दुर्गापुर), उमेश निरौला (दमक), कमल नेउपाने (पृथ्वीनगर), कला चुडाल (घैलाडुब्बा) तथा तारा सुवेदी (दमक) चयन हुनु भएको छ ।

त्यस्तै, डा.गोपी उप्रेती (गरामुनी), डा. मदन उप्रेती (शिवगञ्ज), डा. महेन्द्र कार्की, खगेन्द्र अधिकारी (दमक), प्रेम संग्रौला (बिर्तामोड), कविन्द्र सिटौला (बिर्तामोड), सीता पाण्डे, गुणराज लुइँटेल (दमक), कृष्ण भण्डारी (अर्जुनधारा), यामकुमार सिटौला (हल्दिबारी), चेतन सिटौला (दमक), तेजकी ओली (बुधबारे), त्रिलोचन प्रसाईं (पाँचगाछी), मनिष पोखरेल (चन्द्रगढी), मोहन निरौला (दमक) तथा मिलन राई (गौरीगञ्ज) रहेको सल्लाहकार समिति पनि गठन गरिएको छ ।

त्यसैगरी, सेप्टेम्बर ५ मा टेक्सास एरियाको भर्चुअल भेलाले डा. पर्शुराम दाहाल –चन्द्रगढी) को अध्यक्षतामा क्रमशः विनु खतिवडा (कोरोबारी) उपाध्यक्ष, श्रद्धा अधिकारी (दमक) सचिव, रवि वाशिष्ठ (चन्द्रगढी), दिपक भट्टराई (दमक) कोषाध्यक्ष तथा सदस्यहरूमा सविता पोखरेल (सुरूङ्गा), केदारप्रसाद गिरी (चारपाने), रमेश पौडेल (दमक), गोपाल गड्तौला (भद्रपुर), लेखनाथ निरौला (गौरादह), प्रेम बाँसकोटा (बिर्तामोड), भूपाल कट्टेल (भद्रपुर), छविलाल हुमागाईं (कचनकवल), किशोर संजेल (दमक) रहेको समिति गठन गरेको छ ।

समाजका उपाध्यक्ष प्रदिप तिम्सिनाले सञ्चालन गरेको भेलालाई समाजका केन्द्रीय अध्यक्ष मुकुन्द ढुंगाना, महासचिव निलम बिमली, एनआरएन एनसिसी अमेरिकाका सल्लाहकार बादल भुजेल, नेपाल बारका पूर्वअध्यक्ष तथा झापा विकास मञ्चका उपाध्यक्ष हरिप्रसाद उप्रेती, मेरिल्यान्ड भर्जिनिया डिसी च्याप्टरका अध्यक्ष मोहन उप्रेती, भद्रपुर क्याम्पसका पूर्वप्राध्यापकद्वय भेषराज शिवाकोटी र सूर्य अधिकारी, एनआरएन आइसिसीका मानार्थ काउन्सिल सदस्य वेद बस्नेत, नेप्लिज सोसाइटी टेक्सासका अध्यक्ष दिनेश शर्मालगायतले सम्बोधन गरेका थिए ।

समाजले सम्मेलनको उद्घाटन समारोहमा प्रदेश नम्बर १ का अन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की प्रमुख अतिथ तथा अथितिहरूमा संघीय संसदका सांसद राजेन्द्र लिङदेन, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, अमेरिकाका लागि नेपाली राजदुत अर्जुनबहादुर कार्की, नेपाल बार एसोसिएसनका पूर्व केन्द्रीय उपाध्यक्ष तथा हरिप्रसाद उप्रेती, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बा, जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाललगायतलाई निमन्त्रणा गरिएको छ ।

झापाको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्ने मुख्य नीति अन्तर्गत काम गरिरहेको समाजको आगामी कार्यक्रम गरिब तथा जेहेन्दार विद्यार्थीको शिक्षामा सहयोग गर्ने रहेको छ । जसका लागि न्यूनतम २५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी शैक्षिक क्षेत्रको सुधार गर्न सहयोग गर्ने र शिक्षाको पहुँचबाट टाढा भएका विद्यार्थीलाई एक व्यक्तिले कम्तिमा एक विद्यार्थीको उच्च माध्यमिक तहसम्मको अध्ययनका लागि सहयोग गर्ने अभियान सुरू गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer