२०८१ बैशाख ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

एसिड बेच्न अनुमतिपत्र अनिवार्य


तस्वीर: इडीटाइम्स

बिर्तामोड, असोज १० । एसिड प्रहारका घटनामा कमि नआएपछि सरकारले यसको उत्पादन, निकासी तथा बिक्रीमा कडा कानुन ल्याउने भएको छ ।

सरकारले तेजाब तथा अन्य घातक पदार्थको नियमनसम्बन्धी विधेयक राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । अध्यादेश जारीपछि कार्यान्वयनमा आउनेछ । कानुन लागु भएपछि एसिड बेच्न अनुमतिपत्र लिनुपर्ने भएको छ ।

सहज रुपमा एसिड खरिद बिक्रीले अपराधका घटना समेत बढिरहेको भन्दै लामो समयदेखि नियमनको माग भइरहेको थियो । त्यस्तै, १८ वर्ष पूरा नभएको व्यक्तिले एसिडजन्य पदार्थ खरिद गर्न पाउने छैन । उमेरबारे बिक्रेताले यकिन गर्न पाउने अधिकार राख्नेछ । आवश्यक प्रमाणपत्र माग गर्न सकिनेछ ।

अध्यादेशले एसिड खरिदको अनुमति लिने व्यवस्था पनि कसिलो बनाएको छ । एसिड खरिदका लागि वैयक्तिक परिचयपत्रसहित कम्पनीको हकमा प्रमाणपत्र कर चुक्ताको प्रमाणपत्र पनि चाहिने व्यवस्था गरिएको छ ।

प्रमाणपत्र उत्पादकको हकमा सम्बन्धित मन्त्रालयले जारी गर्नेछ । बिक्रेताको हकमा प्रमुख जिल्ला अधिकारीलाई अनुमतिपत्र जारी गर्ने अधिकार हुनेछ । औद्योगिक प्रयोजनका लागि पनि अनुमतिपत्र दिने व्यवस्था अध्यादेशमा गरिएको छ ।

स्वीकृति नलिई तेजाबको कारोबार गरेमा एक वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ । यस्तो अनुमतिपत्र पाँच वर्षका लागि हुनेछ । शर्त पालना नगरेमा रद्द हुने व्यवस्था पनि अध्यादेशमा नै उल्लेख छ ।

उत्पादकले तेजाब लगायतका रसायनिक पदार्थ उत्पादन गर्दा बाहिर देखिने गरी हानिकारक रहेको स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ । उत्पादकले एसिड पैठारीका लागि पनि अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । यस्ता रसायनिक पदार्थको अनुगमनका लागि अनुगमन समिति पनि गठन हुनेछ । हरेक जिल्लामा सिडिओको नेतृत्वमा तेजाब नियन्त्रण समिति रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer