२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

डोमालाल रंगशाला रहेको जग्गा गुठीकै नाममा फिर्ता


बिर्तामोड, माघ ११ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको पहलमा अनारमनी दुर्गा स्थान गुठीको जग्गा केशवप्रसाद बिमलीले फिर्ता गरेका छन् ।

२०७७ माघ १२ गते भूमिसुधार तथा मालपोत कार्यालय झापामा उपस्थित भई बिमलीले ‘हक छाड सनाखत’ गरी जग्गा फिर्ता गरका हुन् । नेपाल सरकारको सहसचिव समेत रहेका बिमलीले आमा टिकादेवी बिमलीको नाममा मोही खरिद गरिएको जग्गा फिर्ता गरेको महान्यायाधिवक्ता खरेलले जानकारी दिए ।

माघ १२ गते भूमिसुधार तथा मालपोत कार्यालय झापामा केशवप्रसाद बिमलीले दिएको निवेदनमा भनिएको छ, ‘बादी टिकादेवी बिमली र विपक्षी गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौँ भएको मुद्दामा सम्मानित सर्वोच्च अदालतले २०६६ फागुन ९ मा भएको फैसलाअनुसार जिल्ला झापा अनारमनी गाविस वडा नम्बर ५ कित्ता नम्बर १२०, ८२२, ८२५ र ८१५ कित्ता जग्गाहरु जग्गाधनी अनारमनी दुर्गा स्थान राजगुठीका नाउँमा रहेको जग्गामा मोही टिकादेवी बिमली कायम गर्ने भनी भएको फैसला बमोजिम दाखिल दर्ता भई मोही कायम हुन आउने माथि उल्लेखित जग्गाहरुको हकमा म निवेदक केशवप्रसाद बिमलीले दर्ता नम्बर २५३९३ मिति २०६७ जेठ २ मा माग निवेदनमा म निवेदकको आमा टिकादेवी बिमलीको मिति २०६२ बैशाख २५ मा मृत्यु भएको हुँदा मेरो नाम कायम गरी पाउन निवेदन पेस गरेको भए तापनि उक्त जग्गामा कायम हुन आउने मोही भएकाले माथि उल्लेखित कित्ता नम्बर १२०, ८२२, ८२५ र ८१५ को जग्गा क्रमशः १ बिघा २ कठ्ठा १० धुर, ६ कठ्ठा, १३ कठ्ठा र ७ कठ्ठा ८ धुर जग्गाहरुबाट प्राप्त हुने जग्गाहरुको हकमा म निवेदकले उक्त जग्गाहरु अनारमनी दुर्गा स्थान राजगुठी संस्थानकै नाममा दाखिला दर्ता गरी दिने गरी म मोहीको हक लाग्ने जग्गा गुठी संस्थानलाई हक प्रदान गर्न समहत भएको छु ।’

निवेदक बिमलीले आमाको आफू एक मात्र हकदार भएकाले मोही लगत कट्टा समेत गरी दिन उल्लेख गरेका छन् । बिमलीको निवेदनपछि बिर्तामोड ३ मा रहेको डोमालाल राजवंशी रंगशाला भएको जग्गा गुठीकै नाममा फिर्ता भएको छ । अब कित्ता नम्बर ८२० को ८ कठ्ठा रमेश महर्जनको नाममा र ८१२ को ७ कठ्ठा सूर्यकुमार बिमलीको नाममा रहेको छ ।

बिर्तामोड ३ को गुठीका नाममा रहेको जग्गा फिर्ता ल्याएको प्रसंगमा महान्यायाधिवक्ता खरेलले भने, ‘राज्यको सम्पत्ति व्यक्तिको नाममा भएको थियो । त्यसलाई राज्यकै मातहत ल्याउन आवश्यक थियो । स्थानीय बासिन्दाको सहयोगमा यो काम सम्पन्न भएको हो ।’ उनले बाँकी १५ कठ्ठा जग्गा पनि फिर्ता ल्याउन पहल गर्ने बताएका छन् । रेडियो भिजनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer