२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

उदयीमान व्यवसायी घिमिरे


बिर्तामोड, फागुन ७ । व्यापार व्यवसायमा लामो अनुभव सम्हालेका राजकुमार घिमिरे (राजु) बिर्तामोड क्षेत्रका उदयीमान व्यवसायी हुन् । पाँचथरको रवि हुँदै बिर्तामोडमा स्थापित व्यवसायीको परिचय बनाइसकेका घिमिरे कलेज पढ्दैदेखि व्यापारमा संलग्न थिए ।

२०५० सालदेखि अलैँचीको व्यवसाय गर्दै आएका उनी पछिल्लो समय किरानाको थोक कारोबार हुँदै हार्डवेयर पसल सञ्चालन गर्दै आएका छन् । उनी पुण्यमाता हाउजिङका सञ्चालक पनि हुन् । उद्योग वाणिज्य संघ रवि शाखाको सचिव, कोषाध्यक्ष पद सम्हालिसकेका उनी बिर्तामोड उद्योग वाणिज्य संघको वर्तमान समितिमा सदस्य छन् ।

व्यवसायमा मात्र नभएर घिमिरे सामाजिक तथा खेलकुदको क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । लायन्स क्लब अफ अनारमनीका उपाध्यक्ष रहेका उनी नागरिक स्वास्थ्य सहकारीका १ नम्बर प्रदेश सदस्य हुन् । सहकारीले अस्पताल सञ्चालनको तयारी गर्दैछ ।

दर्जनौँ संघसंस्थामा आवद्ध घिमिरेले गत वर्ष निजी खर्चमा बिर्तामोड ४ को सुकुमबासी बस्तीमा न्यानो कपडा वितरण गरेका थिए । त्यस्तै, बिर्तामोडकै वृद्धाश्रममा नियमित रुपमा खाना खुवाउँदै आएका पनि छन् ।

लायन्स क्लब अफ अनारमनीले प्रत्येक वर्ष आयोजना गर्दै आएको जिल्लास्तरीय ब्याटमिन्टन प्रतियोगिताको प्रथम पुरस्कार घिमिरेले प्रायोजन गर्दै आएका छन् । पुरस्कारको राशि ३० हजार रुपैयाँ रहेको छ । आफ्नी आमाको स्मृतिमा उनले आजीवन सो पुरस्कार उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । उनी आफैँ पनि ब्याटमिन्टन खेलाडी हुन् ।

बिर्तामोड उद्योग वाणिज्य संघको यही फागुन १६ गते हुने निर्वाचनमा उनी वाणिज्य उपाध्यक्षको उम्मेदवार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer