२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कुशल र आसिफको कीर्तिमानी ब्याटिङ, नेदरल्यान्ड्समाथि नेपालको सानदार जित


बिर्तामोड, बैशाख ४ । नेपालले पहिलो त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराउँदै सानदार जित निकालेको छ । जितको लागि १३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा ग¥यो ।

नेपालको जितमा डेब्यु गरेका दुवै ओपनर आसिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट अर्धशतकीय इनिङ खेले । कुशलले ४६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६२ रनको योगदान दिए । आसिफ शेख ३८ बलमा ४ चौका र ४ छक्का ५४ रनमा अविजित रहे ।

पहिलो विकेटका लागि आसिफ र कुशलले १२.४ ओभरमा ११६ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि नेपालले सानदार जित निकालेको हो । आसिफले ३६ र कुशलले ३० बलमा अर्धशतक पूरा गरेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल ७ बलमा १ छक्कासहित १३ रनमा अविजित रहे । नेदरल्यान्ड्सका जुलियन डेमेले एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३५ रन बनायो । नेदरल्यान्ड्का मध्यक्रमका ब्याट्सम्यान बास डि लिडेले ४९ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४१ रनको योगदान दिए । तल्लोक्रममा एन्टोनियस स्टल ९ बलमा २ चौका र १ छक्का सहित २९ रनमा अविजित रहे ।

कप्तान पिटर सिलार १७ बलमा २ चौका र १ छक्कासहित २३ रनमा अविजित रहे । पाँचौँ विकेटका लागि सिलार र स्टलले अन्तिम १८ बलमा ३४ रनको अविजित साझेदारी गर्दै टोलीलाई मध्यम योगफलमा पुर्याएका हुन् ।

दोस्रो ओभरको अन्तिम बलमा ओपनर म्याक्स ओडोवडलाई स्पिनर सन्दीप लामिछानेले १० रनमा एलबिडब्लु आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । म्याक्सले ११ बलमा २ चौका प्रहार गरे । सोमपाल कामीले तेस्रो ओभरको चौथो बलमा बेन कुपरलाई शून्यमा एलबिडब्लु आउट गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

एक समय १२–२ को कमजोर अवस्थामा पुगेको नेदरल्यान्ड्सलाई तेस्रो विकेटका लागि लिडे र एडवार्डसले ६१ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । स्पिनर साहबले १४ औँ ओभरको पाँचौँ बलमा ओपनर स्कर्ट एडवार्डस्लाई ३० रनमा क्याच गराउँदै आफ्नो टि२० आई कअिरको पहिलो विकेट लिएका थिए ।

स्कर्टले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरे । लगातार दोस्रो शतक प्रहार गर्ने धुनमा स्कर्ट लङअनमा आरिफ शेखबाट क्याच आउट हुन पुगेका थिए ।

तीव्र गतिका बलर सोमपाल कामीले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए । लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । करण केसीले ४ ओभरमा २२ रन खर्चे ।

सुरुवाती ३ ओभरमा ५ रन मात्र खर्चेका करणले अन्तिम ओभरमा १७ रन खर्चेका थिए । साहब आलमले ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए । अभिनाश बोहोराले ४ ओभरमा २५ रन खर्चे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer