२०८१ माघ २९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

व्यवसायी राहत कोषमा राजभण्डारीको २५ हजार सहयोग


बिर्तामोड, माघ ३ । बिर्तामोडका व्यवसायी सेजर राजभण्डारीले व्यवसायी राहत कोषमा २५ हजार १०० रुपैयाँ सहयोग गरेका छन् ।

उनले आफ्नो जन्मदिनको अवसर पारेर उक्त रकम सहयोग गरेका हुन् । फ्रेन्ड्स फेसन वेयरका सञ्चालक समेत रहेका राजभण्डारीले संघका अध्यक्ष राजु न्यौपानेलाई सो नगदबराबरको चेक हस्तान्तरण गरेका हुन् ।

व्यवसायीको हितमा खोलिएको कोष वृद्धिका लागि आगामी दिनमा समेत सहयोग गर्ने उनले प्रतिबद्धता जनाएका थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघले आपत विपद्मा परेका व्यवसायीलाई राहत पुर्‍याउने उद्देश्यले एक करोड रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको छ ।

अहिले कोषमा झापाका विभिन्न व्यवसायी, सामाजिक तथा अभियन्ताहरुले समेत रकम प्रदान गरिरहेको संघका महासचिव कुशल खतिवडाले बताए । संघले राजभण्डारीलाई कदरपत्रद्वारा सम्मान गरेको छ ।

Comments are closed

Adv footer