
बिर्तामोड, जेठ १० । आज आइतबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा २ हजार ८ सय रुपैयाँ र चाँदी १०५ रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत आइतबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी १०५ रुपैयाँ घटेसँगै प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ५ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो । गत आइतबार ५ हजार ६० रुपैयाँमा चाँदी कारोबार भएको थियो ।







