२०८३ जेठ १० आइतबार
Jhapa Today
Adv top

कोशी प्रदेशका उद्यमीले ३ करोडसम्म कर्जा पाउने


बिर्तामोड, जेठ १० । राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच भएको सम्झौता बमोजिम सुरक्षण योगदानमा आधारित कर्जाको पोर्टफोलियो सुरक्षण योजना २०८२ कार्यान्वयनमा आएको छ ।

यस योजनाअन्तर्गत बैंकले कोशी प्रदेशका साना तथा मझौला उद्यमहरूमा कर्जा लगानी गर्नेछ । कर्जामा बैंकले न्यूनतम ब्याजदर र प्रशोधन शुल्क कायम गरेको छ ।

स्विट्जरल्यान्ड सरकारको स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडिसी) र कोशी प्रदेश सरकारको संयुक्त लगानी रहेको उदय परियोजना अन्तर्गत यो कार्यक्रम सञ्चालन हुन लागेको हो ।

कर्जा सुरक्षणका लागि कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच स्थापित कोशी प्रदेश साना तथा मझौला उद्यमी कर्जा सुरक्षण कोषले जिम्मेवारी बहन गर्नेछ ।

बैंकको प्रचलित नियम अनुसार साना तथा मझौला स्तरका कृषि, उद्योग र सेवा व्यवसायका क्षेत्रमा ३० लाख रुपैयाँदेखि ३ करोड रुपैयाँसम्मको कर्जा प्रवाह गरिनेछ ।

Adv footer