२०८३ जेठ १० आइतबार
Jhapa Today
Adv top

बिर्तामोडका स्पामा प्रहरीको छापा, कर्मा स्पाबाट तीनजना युवती पक्राउ


बिर्तामोड, जेठ १० । प्रहरीले झापाको प्रमुख सहर बिर्तामोडमा स्पा तथा मसाज सेन्टरबाट तीनजना युवतीलाई नियन्त्रणमा लिएको जनाएको छ । त्यहाँ यौन क्रियाकलाप हुने गरेको गुनासो आएपछि प्रहरीले आज आधा दर्जन स्पामा छापा मारेको थियो ।

हालै इलाका प्रहरी कार्यालय अनारमनीको प्रमुखको रुपमा आएका डिएसपी सन्तोष पाठक नेतृत्वको प्रहरीले स्पा र मसाज सेन्टरबाट तीनजना युवतीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले कृषिथोक रोडमा रहेको कर्मा युनिसेक्स सेलुन एन्ड स्पाबाट स्पाकाका सञ्चालिकासहित तीनजनालाई पक्राउ गरेको हो । प्रहरीले कर्मासहित भाटभटेनीनजिक रहेको कोहिनूर, होटल आनन्द एन्ड स्पा, हनुमान सेन्ट्रलमा रहेको नेचर युनिसेक्स सेलुन एन्ड स्पा, मेघा कम्प्लेक्समा रहेको वारियर स्पा, मेघा कम्प्लेक्समै रहेको द अब्सुलोटे प्रोफेसनल स्पा एन्ड सेलुनमा छापा मारेको हो ।

प्रहरी स्रोतका अनुसार बिर्तामोडका स्पाहरुमा हेप्पी इन्डिङका नाममा यौन हर्कत गराउने गरिएको छ । मसाज गराउनका लागि आउने पुरुष ग्राहकहरुले मसाज गरिसकेपछि स्पामा रहेका युवतीहरुलाई आफ्ना यौन अंगलाई हस्तमैथुन र मुखमैथुन गराउने गरेका छन् ।

जसलाई हेप्पी इन्डिङ भन्ने गरिएको छ । प्रहरीको तथ्यांकअनुसार बिर्तामोडमा नौवटा स्पा रहेका छन् । त्यसबाहेक लुकीछिपी स्पा चलाउनेहरु पनि रहेको प्रहरीले जनाएको छ ।

मसाजबापत स्पाहरुले एक हजारदेखि २ हजार पाँच सयसम्म सेवा शुल्क लिने गरेका छन् । हेप्पी इन्डिङका लागि भने अलग्गै खर्च गर्नुपर्छ । काम गर्ने युवतीहरुलाई पाँच सयदेखि हजार रुपैयाँसम्म टिप्स दिएपछि उनीहरुले हेप्पी इन्डिङ गरिदिने गरेको बताइन्छ ।

Adv footer