२०८३ साउन ५ मंगलबार
Jhapa Today
Adv top

नवनीत एकेडेमी अर्जुनधाराका विद्यार्थी दीक्षित, ब्याज वितरण


बिर्तामोड, जेठ २९ । अध्ययनसँगै अतिरिक्त क्रियाकलाप र खेलकुदमा अब्बल रहेको झापा अर्जुनधाराको नवनीत एकेडेमीले आफ्ना विद्यार्थीहरुलाई दीक्षित गरेको छ ।

आज विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरेर नवनीतले विद्यार्थीहरुलाई दीक्षित गरेको हो । विद्यालयकी संस्थापक मिना बास्तोला तथा प्रिन्सिपल डाक्टर रिता बास्तोलाले उनीहरुलाई ब्याज वितरण गरेका थिए ।

केही समयअघि चयन भएका विद्यालयका क्याप्टेन, भाइस क्याप्टेन, कल्चर क्याप्टेन तथा चारवटा हाउसका क्याप्टेन, भाइस क्याप्टेन र काउन्सिलङ कमिटीका सदस्यहरुलाई ब्याज वितरण गरिएको सहायक प्रिन्सिपल सिर्जना दंगाल बस्तोलाले जानकारी दिइन् ।

विद्यालयको क्याप्टेनमा ग्रेस माझी तथा भाइस क्याप्टेनमा रोजिला जोशी चयन भएका थिए । त्यस्तै, कल्चर क्याप्टेनमा सिम्रन राई चयन भएकी छन् । पहेँलो सदन क्याप्टेनमा पिब्लस कोइराला र भाइस क्याप्टेन अध्भिक बास्तोला चयन भएका छन् ।

त्यस्तै, निलो सदन क्याप्टेनमा अरमान बटाला, भाइस क्याप्टेनमा प्रसिया बास्तोला, रातो सदन क्याप्टेनमा युधिष्ठिर कार्की र भाइस क्याप्टेनमा मिंगमा तामाङ छन् । हरियो सदन क्याप्टेनमा प्रज्ज्वल अधिकारी र भाइस क्याप्टेनमा मेरिस्का काफ्ले छन् ।

यल्लो हाउस मास्टरमा सितेश अधिकारी, ब्लु हाउस मास्टरमा तृष्णा प्रधान, रेड हाउस मास्टरमा सञ्जना तामाङ र ग्रिन हाउस मास्टरमा प्रदिप कार्की चयन भएका छन् ।

यसैबीच, काउन्सिलिङ मास्टरमा वासुदेव बस्नेत चयन भएका छन् भने सदस्यहरुमा निवाहाङ सुब्बा, आहाना कार्की, जेसी नेम्वाङ, सेरिन श्रेष्ठ, आवास शिवाकोटी, प्रत्यक्ष बास्तोला र श्रीजेस राउत रहेका छन् ।

कार्यक्रमअघि विद्यालयमा मार्च पास समेत गरिएको थियो । कार्यक्रमको संयोजन क्रिकेट प्रशिक्षक जिवेस ओली र वर्षा खनाल शर्माले गरेका थिए ।

Adv footer