२०८३ साउन ५ मंगलबार
Jhapa Today
Adv top

दमकबाट डिसाइक्लोमिन र ट्रामाडोलसहित एक महिला पक्राउ


बिर्तामोड, जेठ ३१ । प्रहरीले झापाको दमकबाट औषधिजन्य लागुऔषधसहित एकजना महिलालाई पक्राउ गरेको जनाएको छ । ती महिलालाई आज बिहान पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा दमक–४ अडियामल टोलकी ४२ वर्षीया रिता तामाङ रहेकी छन् । उनी औषधिजन्य लागुऔषधको कारोबारी भएको आशंका गरिएको छ ।

इलाका प्रहरी कार्यालय दमक र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले उनको घरकोठा खानतलासी गर्ने क्रममा सुत्ने कोठाको टेबलमुनि झोलाभित्र लागुऔषध भेट्टाएको थियो ।

प्रहरीका अनुसार ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ३७ पत्तामा ३७० क्याप्सुल, डिसाइक्लोमिन हाइड्रोक्लोराइड ट्याब्लेट ५६ पत्तामा ५६० ट्याब्लेट फेला पारेको हो ।

लागुऔषधसहित उनलाई पक्राउ गरी इप्रका दमकमा ल्यएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा क्षेत्रमा औषधिजन्य लागुऔषधको धेरै कारोबार हुने गरेको प्रहरीको भनाइ छ ।

Adv footer