
बिर्तामोड, जेठ ३१ । झापाको बिर्तामोडमा एउटा नयाँ मोबाइल पसल सञ्चालन आउने भएको छ । वान स्टप मलमा असार ३ गतेदेखि कङ्गारु मोबाइल जोन सञ्चालनमा आउन लागेको हो ।

अस्ट्रेलियामा सञ्चालन हुँदै आएको कङ्गारु मोबाइल जोनको सेवा अवधारणालाई स्वदेशमै विस्तार गर्दै उस्तै गुणस्तरीय, भरपर्दो र ग्राहकमैत्री सेवा प्रदान गर्ने योजनाका साथ बिर्तामोडमा पसल सञ्चालनमा आउन लागेको सञ्चालक अरुण उप्रेतीले जानकारी दिए ।

मोबाइल प्रविधिसम्बन्धी सीप विकासमा समेत योगदान पुर्याउने, विदेश जान चाहने तथा मोबाइलमा रुचि राख्ने युवाहरुलाई आवश्यक सीप, तालिम तथा व्यावहारिक ज्ञान प्रदान गर्ने स्टोरको योजना रहेको उप्रेतीले बताए ।

स्टोरमा नयाँ तथा ब्रान्डेड मोबाइल फोन उपलब्ध हुनेछन् भने प्रयोग गरिएका मोबाइलहरु ग्यारेन्टीका साथ पाइने सञ्चालक स्मृति ढकालले बताइन् ।

त्यस्तै, मोबाइलका ब्रान्डेड एक्सेसरिजहरु, मोबाइल मर्मत तथा प्राविधिक तालिम सेवा, सरल, सुलभ र ग्राहकमैत्री मूल्य नीति स्टोरमा रहने सञ्चालकले बताएका छन् ।






