
बिर्तामोड, जेठ ३१ । प्रहरीले झापाको मेचीनगरबाट अवैध ब्रोइलर जिउँदो खुकुरा बरामद गरेको जनाएको छ । सो कुखुरा आज ४ बजे मेचीडाँडाबाट बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अवैध रुपमा भारतबाट नेपाल तर्फ लुकाएर ल्याइँदै गरेको ब्रोइलर कुखुरा इलाका प्रहरी कार्यालय काँकरभिट्टाले बरामद गरेको हो ।

बरामद गरिएको कुखुरा नष्ट गरिएको छ । पशु कोरेन्टाइन काँकरभिट्टाका कर्मचारीहरुको रोहबरमा ती ब्रोइलर कुखुरा खाल्डोमा पुरेर नष्ट गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको २३ वटा कुखुराको मुल्य अन्दाजी २३ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । कुखुरा कसले नेपालतर्फ ल्याएको भन्नेबारे प्रहरीले बताएको छैन ।






