
बिर्तामोड, असार ७ । झापाको बिर्तामोडमा सम्पन्न प्रदेशस्तरीय प्रथम बिर्तामोड मेयर कप टेबलटेनिस प्रतियोगिताको उपाधि चाहना नेम्वाङ सक्षम आचार्यले जितेको छन् । झापा मेचीनगरको ल्होत्से स्कुलकी नेम्वाङ महिलातर्फ र इटहरीका सक्षम आचार्य पुरुषतर्फ च्याम्पियन भएका हुन् ।

झापा जिल्ला टेबल टेनिस संघको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत महिला खुलातर्फ दिव्या अधिकारी द्वितीय तथा निर्जला भट्टराई तृतीय भए । पुरुष खुलातर्फ सौगात पोखरेल द्वितीय तथा गौरव इङ्नाम तृतीय भए ।

अन्डर–१९ गर्ल्समा अनन्या कार्की प्रथम, अनुष्का थापा मगर द्वितीय तथा भूमि राई तृतीय भए । अन्डर–१९ ब्वाइजतर्फ निश्चल घिमिरे प्रथम, अनमोल गिरी द्वितीय तथा सुसान्त बराल तृतीय भए ।

अन्डर–१९ गर्ल्स डबल्समा अनन्या कार्की र जेनिसा तामाङको जोडी प्रथम, अनुष्का थापा र सुरेखा विष्टको जोडी द्वितीय तथा चाहना नेम्वाङ र इशा लिम्बुको जोडी तृतीय भयो ।

अन्डर–१९ ब्वाइज डबल्समा अञ्जिल दुलाल र दिवस खड्का प्रथम, स्वयम प्रधान र इशान शाह द्वितीय तथा सिमोन राई र जतन पनेरु तृतीय भए ।

अन्डर–१५ ब्वाइजतर्फ अञ्जिल दुलाल प्रथम, दर्शन लिम्बू द्वितीय तथा दिवस खड्का तृतीय भए । अन्डर–१५ गर्ल्सतर्फ डेनिसा तामाङ प्रथम, इशा लिम्बू द्वितीय तथा रिदुङ्मा राई तृतीय भए ।
प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट उपाधि ल्होत्से स्कुल मेचीनगरका सिमोन राईले प्राप्त गरे । उनले पुरस्कारस्वरूप ११ हजार ५०० रुपैयाँ बराबरको डिजिटल घडी प्राप्त गरेका छन् ।
संघका झापा अध्यक्ष सन्तोष अग्रवालको अध्यक्षतामा सम्पन्न समापन समारोहमा बिर्तामोड नगरपालिका–३ का वडा अध्यक्ष मदन बुढाथोकी प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
आयोजकका अनुसार प्रतियोगिताले जिल्लामा टेबल टेनिस खेलको विकास, खेलाडीहरूको प्रतिभा पहिचान तथा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्याएको छ ।





