२०८३ साउन ५ मंगलबार
Jhapa Today
Adv top

चारपानेमा अत्याधुनिक तुल फिटनेस सञ्चालनमा


बिर्तामोड, असार १७ । झापाको बिर्तामोड–२ र अर्जुनधारा–५ चारपानेमा अत्याधुनिक सुविधासम्पन्न व्ययमशाला तुल फिटनेस सञ्चालनमा आएको छ ।

करिब पाँच कठ्ठा क्षेत्रफलमा स्थापना गरिएको फिटनेस सेन्टरमा करिब २ करोड रुपैयाँ बराबरका आधुनिक उपकरण जडान गरिएको सञ्चालक तुल श्रेष्ठले बताएका छन् । जग्गा र भवनसहित ७ करोड रुपैयाँको लगानी रहेको छ ।

उनका अनुसार नेपालमै पहिलोपटक यस स्तरको अत्याधुनिक फिटनेस उपकरण एकै स्थानमा जडान गरिएको हो । फिटनेस सेन्टरमा एकै पटक १०० जनाले एरोबिक, जुम्बा, जिम, बक्सिङ लगायतका विभिन्न फिटनेस गतिविधिमा सहभागी हुनसक्ने व्यवस्था गरिएको छ ।

फिटनेस सेन्टरमा अनुभवी तथा दक्ष प्रशिक्षकमार्फत प्रशिक्षण प्रदान गरिनेछ । तुल फिटनेसका सञ्चालक श्रेष्ठ मिस्टर पूर्वाञ्चलका विजेता, मिस्टर नेपालका प्रतिस्पर्धी तथा धर्मश्री प्रतियोगितामा सहभागी खेलाडी हुन् । उनी अन्तर्राष्ट्रियस्तरका फिटनेस प्रशिक्षकसमेत रहेका छन् ।

सञ्चालक श्रेष्ठले आधुनिक उपकरण, गुणस्तरीय प्रशिक्षण र स्वस्थ जीवनशैलीको प्रवद्र्धन गर्ने उद्देश्यका साथ तुल फिटनेस सञ्चालनमा ल्याइएको बताए ।

Adv footer