२०८३ साउन ५ मंगलबार
Jhapa Today
Adv top

शनिश्चरेका लागूऔषध कारोबारी गहतराज पक्राउ


बिर्तामोड, असार २० । झापाको अर्जुनधारा नगरपालिका–८ सब्जीलाइन क्षेत्रबाट ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्।

आज दिउँसो करिब ३ बजे लागूऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र प्रहरी चौकी शनिश्चरेको संयुक्त टोलीले बिर्तामोडबाट शनिश्चरेतर्फ आउँदै गरेको बा ५७ प ७७३३ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकल चालक अर्जुनधारा–८ निवासी ४१ वर्षीय सरोज गहतराजको साथबाट खोलबिनाको एन१० लेखिएको ३० थान सेतो ट्याब्लेट, प्लास्टिकबाहेक २३ ग्राम ५५० मिलिग्राम (प्लास्टिकसहित ३३ ग्राम १०० मिलिग्राम) ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ तथा दुई थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले लागूऔषध, मोटरसाइकल र गहतराजलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Adv footer