
बिर्तामोड, असार २२ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुबाट पठनपाठन हुने गरेको कारण विराटनगर–२ राधाकृष्ण मार्गमा रहेको इस्टर्न कलेज अफ इन्जिनियरिङमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । इस्टर्न कलेजमा इन्जिनियरिङ पढाउन धेरै अभिभावक लालायित हुने गरेका छन् ।

गुणस्तरीय शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गरेको कारणले अभिभावक र विद्यार्थीको इन्जिनियरिङ शिक्षामा इस्टर्न कलेजमा पहिलो रोजाइमा पर्ने गरेको छ । २६ वर्षअघि सन् २००० मा स्थापना गरिएको इस्टर्न कलेज इन्जिनियरिङ शिक्षामा एक अब्बल शैक्षिक संस्थाको रुपमा कहलिएको छ । जापानलगायतका देशसँग भएको सम्झौताले कलेजबाट उत्पादन भएका जनशक्तिलाई तालिमकोे अवसर प्राप्त गर्ने कलेजका प्रिन्सिपल इन्जिनियर अमित सुरानाले जानकारी दिए ।

कलेजमा अहिले स्नातक तहको सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स, कम्युनिकेसन र अटोमेसन इन्जिनियरिङ कार्यक्रमहरु सञ्चालनमा रहेका छन् । कलेजले सीमित कोटा राखेर स्नातक तहको सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ तथा इलेक्ट्रोनिक्स, कम्युनिकेसन र आटोमेसन इन्जिनियरिङमा भर्ना खुलाएको छ ।

भर्नाको लागि कलेजले साउन २४ गतेसम्म फारम भर्ने अन्तिम मिति राखेको छ । नेपाल इन्जिनियरिङ परिषदबाट स्थायी स्वीकृति र पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएको यो कलेजमा अनुशासित, सुरक्षित र शान्त वातावरणमा निर्धक्कका साथ पठनपाठन गर्न विद्यार्थीहरुले पाउने गरेका छन् । अनुसाशित र दक्ष प्राध्यापकहरूबाट गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले प्रत्येक वर्ष दक्ष जनशक्ति उत्पादन हुने गरेको कलेजले जनाएको छ ।

विद्यार्थीले सिकेको ज्ञान अत्याधुनिक सुविधा सम्पन्न प्रयोगशालामा अभ्यास गर्ने गर्ने प्रणालीको विकास कलेजमा गरेको छ । जसले गर्दा विद्यार्थीहरुले फराकिलो खेलमैदान, अत्याधुनिक उपकरण जडित कक्षाकोठा, सुविधा सम्पन्न भवन, प्रयोगशाला, लाइबे्ररीमा निर्धक्क अध्ययन, अनुसन्धान गर्न पाउँछन् ।

पढाइका अलावा अतिरिक्त क्रियाकलापको व्यवस्था, सीप विकासको लागि फिल्ड एक्सपोजर र विद्यार्थीहरुले अन जब ट्रेनिङको माध्यमबाट इन्टर्नसिपको व्यवस्थाका कारण राम्रो इम्प्लोमेन्टको अवसर कलेजले दिएको छ ।

विभिन्न विधामा समयसमयमा टेक्निकल सेमिनार तथा वर्कसपको आयोजना पनि गर्दै आएको यस कलेजबाट उत्पादित जनशक्ति देश र विदेशको विभिन्न ठाउँमा कार्यरत रहेको कलेजका प्रिन्सिपल सुरनाले बताए ।
कलेज स्थापनाको २६ वर्ष पूरा भएको अवसरमा छात्रा तथा जेहेन्दार विद्यार्थीका लागि आकर्षक छात्रवृत्तिको पनि व्यवस्था गरेको कलेजले जनाएको छ ।





