२०८३ साउन ५ मंगलबार
Jhapa Today
Adv top

सुनचाँदीको भाउ घट्यो


बिर्तामोड, असार २३। नेपाली बजारमा केही दिनयता सुनचाँदीको मूल्य निरन्तर छ ।

सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै मंगलबार सुनको मूल्य २ लाख ८८ हजाररुपैयाँ कायम भएको छ ।

सोमबार ९०० रुपैयाँले घटेर सुनको मूल्य २ लाख ८९ हजार ४०० रुपैयाँ थियो । आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच, मंगलबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर ४ हजार ५५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार २० रुपैयाँले घटेर चाँदीको मूल्य ४ हजार ५८५ रुपैयाँमा थियो । आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ४ हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो ।

Adv footer