२०८३ साउन ५ मंगलबार
Jhapa Today
Adv top

गाउँपालिकाको भवनमा रंग लगाउने क्रममा एक मजदुर लडेर गम्भीर घाइते


बिर्तामोड, असार २३ । झापाको बाह्रदशी गाउँपालिका–५ स्थित गाउँपालिका कार्यालयको तीनतले भवनमा रंग लगाउने क्रममा एक मजदुर लडेर गम्भीर घाइते भएका छन्।

आज बिहान करिब ९ः४० बजे मोरङको सुन्दरहरैँचा नगरपालिका–४ निवासी ४२ वर्षीय टंक थापा भवनको तेस्रो तलामा रंग लगाइरहेका बेला अचानक लडेर ग्रिलमा अड्किएका थिए।

दुर्घटनामा उनको निधार र दाहिने तिघ्रामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। घाइते थापालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको छ।

घटनापछि गाउँपालिकाका कर्मचारीहरू उद्धार तथा उपचार व्यवस्थापनमा संलग्न रहेका छन्। घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ।

Adv footer