२०८३ साउन ५ मंगलबार
Jhapa Today
Adv top

आज राति १२ बजेदेखि सरकारी खाता ७ दिन बन्द


बिर्तामोड, असार २५ । आज बिहीबार राति १२ बजेदेखि संघ, प्रदेश र स्थानीय तहका सरकारी खाताहरू एक साताका लागि बन्द हुने भएका छन् ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिनअघि सरकारी खाता ‘फ्रिज’ गर्ने व्यवस्था लागु हुने भएकाले यो निर्णय कार्यान्वयनमा आउन लागेको हो ।

यसअन्तर्गत महालेखा नियन्त्रक कार्यालय ९मलेनिका०, प्रदेश लेखा नियन्त्रक कार्यालय ९प्रलेनिका० तथा सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय ९कोलेनिका० मार्फत सञ्चालन हुने सबै सरकारी खाताहरू सात दिनका लागि बन्द रहनेछन् ।

साथै स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली, एकल खाता कोष प्रणाली र कम्प्युटरकृत सरकारी लेखा प्रणाली पनि सो अवधिभर सञ्चालनमा रहने छैनन् ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२र८३ का लागि सिर्जित दायित्वको बजेट रकम निकासा आज राति १२ बजेसम्म सम्पन्न गरिसक्नुपर्नेछ । नियमावलीले ‘फ्रिज’ नहुने भनी तोकेका शीर्षकबाहेक अन्य कुनै पनि रकम भुक्तानी गर्न पाइने छैन ।

अत्यावश्यक अवस्थामा महालेखा नियन्त्रकको स्वीकृति लिएर मात्रै भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ भने सरकारले विशेष निर्णय गरेमा वा आपत्कालीन खर्चका लागि निकासा खुला गर्न सकिने बताइएको छ ।

Adv footer