
बिर्तामोड, साउन ४ । नेपाली बजारमा सोमबार सुन तथा चाँदी दुवैको मूल्य वृद्धि भएको छ। छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर २ लाख ८४ हजार ६०० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनमा झिनो मूल्यवृद्धि भएको हो । आइतबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ मा कारोबार भएको थियो।

यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँले वृद्धि भई ४ हजार ३२० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार २४० रुपैयाँ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढाव तथा विनिमय दरको प्रभावका कारण नेपाली बजारमा पनि दैनिक रूपमा सुनचाँदीको मूल्य समायोजन हुँदै आएको छ।






