२०८३ भदौ २८ आइतबार
Jhapa Today
Adv top

झापामा स्क्रब टाइफसबाट ६९६ जना संक्रमित, बिर्तामोडमा मात्रै ८६ प्रतिशत


बिर्तामोड, साउन १८ । झापामा सबैभन्दा बढी स्क्रब टाइफसका संक्रमित बिर्तामोडमा देखापरेका छन् । जिल्ला स्वास्थय कार्यालय झापाका अनुसार झापामा ६९६ जनामा स्क्रब टाइफसको संक्रमित छन् ।

संक्रमितहरुको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सबैभन्दा बढी बिर्तामोडमा ५९८ जनामा स्क्रब टाइफसका संक्रमित देखिएका छन् । यो तथ्यांक गत आर्थिक वर्षको हो ।

बिर्तामोडपछि दमकमा ४३, मेचीनगरमा २५, कमलमा १६, कन्काईमा ६, हल्दिबारीमा ५, झापा गाउँपालिकामा २ र भद्रपुरका एकजनामा स्क्रब टाइफसका संक्रमित देखिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन युवनाथ बरालले जानकारी दिए ।

स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । स्क्रब टाइफस हुँदा मानिसलाई उच्च ज्वरो आउँछ ।

त्यस्तै, आँखा रातो हुने, खोकी, बान्ता, पेट दुखाइ र पखालाले सताउने, सास फेर्न समस्या हुने, टाउको, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्तो लक्षण देखिने गर्दछ ।

स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ ।

Adv footer