
बिर्तामोड, भदौ २८ । मलेसियाले विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली मा निश्चित म्यानपावर कम्पनीलाई मात्र सूचीकृत गरेपछि नेपाली श्रमिकका लागि रोजगारीमा अन्योलता देखिएको छ ।
नेपाल सरकारले मलेसियाको यस नीतिमा असहमति जनाउँदै २५ वटा मुख्य म्यानपावर कम्पनी र तिनका मातहत रहने २५० सहयोगी एजेन्सीको सिन्डिकेटयुक्त संरचनालाई स्वीकार गर्न नसक्ने भन्दै कूटनीतिक नोट पठाएको छ ।
विगतमा पनि यस्तै विवादका कारण नेपाली श्रमिकका लागि मलेसिया रोजगारी करिब १९ महिना बन्द भएको थियो, जसको मार श्रमिकलाई परेको थियो ।






