२०८३ असोज २३ शुक्रबार
Jhapa Today
Adv top

भद्रपुरमा अन्तर्राष्ट्रियस्तरको हक्की प्रतियोगिता हुने


बिर्तामोड, असोज ११ । झापाको भद्रपुरमा अन्तर्राष्ट्रियस्तरको हक्की प्रतियोगिता हुने भएको छ । हक्कीको उर्वर भूमि मानिएको भद्रपुरको पुहाँतुबारीमा प्रतियोगिताको तयारी सुरु गरिएको छ ।

प्रतियोगितामा भारतका तीन, बंगलादेशको एक, नेपालका विभागीय सहित सात टिम र आयोजक एक टिम गरी १२ टिमको सहभागिता रहने आयोजक भद्रपुर नगर हक्की संघका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।

फाइभ–एस मोडलमा आयोजना हुने प्रतियोगिता यही कात्तिक १३ गतेदेखि १५ गतेसम्म पुहाँतु जनज्योति माविको खेल मैदानमा हुनेछ । प्रतियोगिताका लागि मैदानको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ ।

प्रतियोगिताका विजेता नगद २ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेतालाई नगद एक लाख रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिने अध्यक्ष बस्नेतले जानकारी दिए । पुहाँतुबारीमा यसअघि पनि राष्ट्रियस्तरको हक्की भइसकेको छ ।

यसैबीच, प्रतियोगिता सफल बनाउन सो क्षेत्रमा छलफल गरिएको छ । हक्कीका झापाली खेलाडीहरुको पनि उल्लेख्य सहभागिता रहेको भेलाले संघका अध्यक्ष बस्नेतको संयोजकत्वमा ३१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ ।

Adv footer