२०८३ असोज २३ शुक्रबार
Jhapa Today
Adv top

सालबारी–मिलडाँडा भेट्रान्सको खेलतालिका सार्वजनिक


बिर्तामोड, असोज १२ । झापाको अर्जुनधारा-११ स्थित देउनिया खेलमैदानमा हुने प्रथम सालबारी–मिलडाँडा पुरुष भेट्रान्स फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

सालबारी मिलडाँडा युवा परिवारको आयोजनामा असोज १७ गतेदेखि हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । उद्घाटन खेलमा ज्ञानेचोक भेट्रान्स पृथ्वीनगरले झिलझिले भेट्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, दोस्रो क्वार्टर फाइनल खेलमा आयोजक मिलडाँडा भेट्रान्सले चन्द्रगढी भेट्रान्स क्लबसँग खेल्नेछ ।

तेस्रो क्वार्टर फाइनल खेलमा पाँचथरको बौद्ध भेट्रान्सले चारपाने युनाइटेड भेट्रान्ससँग र अन्तिम क्वार्टर फाइनल खेलमा मेची भेट्रान्स र बिर्तामोड भेट्रान्स क्लब भिड्नेछन् ।

असोज २४ गते हुने फाइनल खेलको विजेताले नगद ५१ हजार १११ र उपविजेताले नगद ३१ हजार १११ नगदसहित ट्रफी पाउनेछ । खेलको प्लेयर अफ द म्याचले नगद २ हजार र ट्रफी पाउँदा विधागत पुरस्कारतर्फ नगद ३ हजार ५ सय र सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजारसहित ट्रफी पाउनेछ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ७ लाख ९० हजार २२२ रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता संयोजक नन्दलाल खतिवडाले जानकारी दिए ।

Adv footer