
बिर्तामोड, असोज १३ । झापाको बिर्तामोडस्थित टिभिएस सोरुममा जारी ‘टिभिएसमा अपग्रेड हान्नेलाई अचम्मैको डिल’ योजनाअन्तर्गत १५० वटा बाइक तथा स्कुटर बिक्री भएका छन् ।
मोटरसाइकल तथा स्कुटर खरिद–बिक्रीको यो कार्यक्रममा ग्राहकको व्यापक घुइँचो लागेको बिर्तामोडको आधाकारिक सोरुम पाथिभरा अटो लिंकले जनाएको छ । असोज १२ गतेसम्म १५० वटाभन्दा बढी मोटरसाइकल तथा स्कुटर बिक्री भएको हो ।
नेपालमा जगदम्बा मोटर्सले बिक्री गर्दै आएको टिभिएसको मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि झापाको बिर्तामोडमा पाथिभरा अटो लिंकले असोज ४ गतेदेखि ‘अचम्मैको डिल’ योजना सार्वजनिक गरेको छ ।
अफरमा ग्राहकको उपस्थिति उत्साहजनक रहेको छ । असोज १८ गतेसम्म सञ्चालन हुने यस अफरमा ग्राहकले आफ्नो पुरानो दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गरी नयाँ टिभिएस मोटरसाइकल वा स्कुटर आकर्षक सुविधासहित खरिद गर्न सक्नेछन् ।
‘यो चाडपर्व टिभिएसको साथमा, भाग्यको चाबी तपाईंको हातमा’ भन्ने नाराका साथ सार्वजनिक गरिएको अफरमा हरेक बाइक तथा स्कुटर खरिदमा उपहार पक्का गरिएको पाथिभरा अटो लिंककी सञ्चालक लुना बस्नेत शिवाकोटीले बताइन् ।
अफरअन्तर्गत १० लाख रुपैयाँसम्म नगद छुट, सुनको चाबी वा शतप्रतिशत क्यासब्याकमध्ये एक पक्का उपहार ग्राहकले प्राप्त गर्नेछन् । त्यस्तै, हरेक दिनको लक्की ड्रमा दुईजनालाई कम्तीमा पाँच वर्षको निःशुल्क सर्भिसिङ सुविधा दिइनेछ ।
नागरिकता वा लाइसेन्सको आधारमा सहज फाइनान्स तथा निःशुल्क हेल्मेट प्रदान गरिने जनाइएको छ । यो विशेष योजना बिर्तामोडको पश्चिम बस स्ट्यान्ड छेउमा उपलब्ध हुनेछ ।
पाथिभरा अटो लिंकले सीमित अवधिका लागि ल्याएको यस अफरले नयाँ टिभिएस सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई थप सहज र किफायती अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।






