२०८३ असोज २३ शुक्रबार
Jhapa Today
Adv top

एसियाडमा पदक जित्ने कबड्डीका राजवंशी र राईलाई बोर्डले नगदसहित सम्मान गर्ने


बिर्तामोड, असोज १३ । जापानको नागोयामा जारी २० औँ एसियाली खेलकुद (एसियाड) मा कास्य पदक जित्न सफल कोशी प्रदेशका खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरिने भएको छ ।

नेपाली राष्ट्रिय महिला कबड्डी टोलीकी सदस्य मेनुका राजवंशी र प्रशिक्षक पार्वती राईलाई प्रदेश खेलकुद विकास बोर्ड कोशीले नगदसहित सम्मान गर्ने भएको हो । एसियाडमा नेपाली महिला टिमले कास्य पदक जितेको छ ।

बोर्डले कास्य पदक विजेता टोलीकी सदस्य मेनुका राजवंशीलाई १ लाख रुपैयाँ र प्रशिक्षक पार्वती राईलाई २५ हजार रुपैयाँसहित सम्मान गर्ने भएको हो । मेनुका मोरङकी हुन् भने पार्वती उदउपुरकी स्थायी बासिन्दा हुन् ।

बोर्डका सदस्य सचिव विप्लव घोषले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको टोलीको सदस्य र प्रशिक्षकको उच्च मूल्याङ्कन गर्दै सम्मान गर्न लागिएको जानकारी दिए ।

उनले कोशी प्रदेशका राजवंशी र राईले आफ्नो कौशलले समग्रमा राष्ट्र र कोशी प्रदेशको नाम उच्च बनाएकोले बोर्डको तर्फबाट नगदसहित सम्मान गर्ने बताए ।

जापानमा जारी २० औँ एसियाली खेलकुदमा भारतसँग सेमिफाइनलमा पराजित भएपछि नेपाली टोलीले कास्यमा चित्त बुझाउनु परेको थियो । क्वार्टर फाइनलमा नेपालले श्रीलंकालाई हराएको थियो ।

Adv footer