
बिर्तामोड, असोज १३ । झापाको चारआलीमा रहेको मनकामना अस्पताल म्याद नाघेका औषधि प्रयोग गरेको र आवश्यक दर्तासमेत नगरी सञ्चालनमा रहेको पाइएपछि बन्द गरिएको छ।
मेचीनगर नगरपालिकाको बजार अनुगमन टोलीले मंगलबार दिउँसो अस्पतालमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा बिरामीका लागि प्रयोग गरिएका म्याद नाघेका औषधि भेटिनुका साथै अस्पताल सञ्चालनका लागि आवश्यक दर्ता तथा कागजातसमेत नभएको पाइएको नगरपालिकाले जनाएको छ।

अनुगमनका क्रममा अस्पतालले कानुनी प्रक्रिया पूरा नगरी सेवा सञ्चालन गरिरहेको र बिरामीको उपचारमा म्याद नाघेका औषधि प्रयोग गरेको पाइएपछि नगरपालिकाले अस्पताल तत्काल बन्द गराएको हो।





