२०८३ असोज २३ शुक्रबार
Jhapa Today
Adv top

राजदुवाली सडक आज र भोलि बन्द


बिर्तामोड, असोज १५ । मेची पहाडलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मेची राजमार्गको राजदुवाली सडक खण्ड असोज १५ र १६ गते पूर्ण रूपमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय इलामले एक संशोधित जरुरी सूचना जारी गर्दै सडक मर्मत तथा निर्माण कार्यका लागि दुई दिन सवारी साधन आवागमन पूर्ण रूपमा रोकिने जनाएको छ ।

पहिरो नियन्त्रण, ढल इनार र कल्भर्ट निर्माण गर्दा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि यसअघि असोज ६ र ७ गते सडक बन्द गर्ने निर्णय भएको थियो । तर, जल तथा मौसम विज्ञान विभागले भारी वर्षाको पूर्वानुमान गरेपछि उक्त निर्माण कार्य केही समयका लागि स्थगित गरिएको थियो ।

हाल मौसममा सुधार आएसँगै पानी निकाल्ने इनार निर्माण कार्य अघि बढाउन सडक डिभिजन कार्यालय इलामको अनुरोधमा असोज १५ र १६ गते सडक पूर्ण रूपमा बन्द गर्ने तय गरिएको छ ।

सडक बन्द रहेको समयमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ । जसअनुसार ठुला सार्वजनिक सवारी साधनहरूलाई मेची कोरिडोर र साना सवारी साधनहरूलाई सिमलगोलाइ–तिल्केनी सडक प्रयोग गर्न गराउन सूचित गरिएको छ ।

Adv footer