२०८३ असोज २३ शुक्रबार
Jhapa Today
Adv top

झापा मिडिया कपको तयारी अन्तिम चरणमा


बिर्तामोड, असोज १७ । बुद्धशान्ति प्रेस क्लब झापाले दसैँको अवसरमा आयोजना गर्न लागेको दोस्रो संस्करणको ‘बुद्धशान्ति-१ झापा मिडिया कप–२०८३’ को तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजकले आज पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको छ । पत्रकार तथा सञ्चारकर्मीबीच आपसी सद्भाव, एकता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले मिडिया कप हुन लागेको हो ।

शनिबार बुद्ध आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित पत्रकार सम्मेलनमा खेल संयोजक नारायण अर्यालले असोज २४ र २५ गते प्रतियोगिता सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

प्रेस क्लबका अध्यक्ष तीर्थ तिम्सिनाका अनुसार प्रतियोगितामा विधागत पत्रकारका संस्था र झापाका विभिन्न पालिकास्तरमा रहेका प्रेस क्लबका टोलीहरूको सहभागिता रहनेछ । उनले अघिल्लो संस्करणको तुलनामा यस वर्ष पुरस्कार राशिसमेत वृद्धि गरिने जानकारी दिए ।

Adv footer