२०८३ कात्तिक २४ सोमबार
Jhapa Today
Adv top

हल्दिबारीमा ट्रयाक्टर पल्टिँदा एकजनाको मृत्यु


बिर्तामोड, असोज १९ । झापाको हल्दिबारीमा ट्रयाक्टर पल्टिएर घाइते भएका एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना असोज १६ गते बिहान ८ः३० बजे भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा सहचालक भारत पश्चिम बंगाल बतासी बस्ने साना किसान चिया फ्याक्ट्रीमा काम गर्ने ४० वर्षीय धीरेन राजवंशी रहेका छन् ।

ट्रयाक्टर पल्टिएर घाइते भएका सहचालक राजवंशीको उपचारका क्रममा मृत्यु भएको हो । हल्दिबारी–२ बेलागरा चोकमा हल्दिबारी–४ बस्ने ३५ वर्षीय राजकुमार मेचेले चलाएको मे. १ त ७०३७ नम्बरको साना किसान चिया फ्याक्ट्रीको चिया बोकेको ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

घाइतेलाई उपचारको लागि ओम साई पाथिभरा हस्पिटल भद्रपुर लगिएको थियो । उपचारका क्रममा हिजो दिउँसो १ बजे उनको मृत्यु भएको हो । ट्रयाक्टर र ट्रयाक्टर चालक मेचेलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

Adv footer