
बिर्तामोड, असोज २७ । झापाको बिर्तामोडमा चाडबाडको अवसर पारेर बृहत सांगीतिक कार्यक्रम हुने भएको छ । सडक मानवलाई निःशुल्क खाना खुवाउँदै आएको किंग गोर्खा फाउन्डेसन (केजिएफ) ले ‘सयपत्री झिलिमिली फेस्ट २०८३’ आयोजना गर्ने भएको हो ।
सामाजिक सेवासँगै भावी पुस्तालाई सकारात्मक सन्देश दिने उद्देश्यले स्थापना भएको केजिएफ मल्टिमिडियाको आयोजनामा आगामी कात्तिक १४ गते हुने फेस्टमा अभया एन्ड स्टिम इञ्जिन ब्यान्ड, ¥यापर भ्योमा, बादल लिम्बु र प्रशान्त शिवाकोटीको सांगीतिक प्रस्तुति रहनेछ ।
गैरनाफामूलक संस्थाका रूपमा सामाजिक सेवामा सक्रिय केजिएफले सडक मानवलाई निःशुल्क भोजन उपलब्ध गराउँदै आएको छ । सामाजिक उत्तरदायित्वलाई मनोरञ्जनसँग जोड्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्यका साथ फेस्ट आयोजना गर्न लागिएको संस्थापक विक्रम सुब्बाले बताए ।
केजिएफका सदस्य सजल पौडेलले भावी पुस्तालाई सकारात्मक सन्देश दिन आफूहरू यस अभियानमा लागेको बताए । उनका अनुसार सामाजिक सेवाप्रतिको भावना अभिवृद्धि गर्दै युवापुस्तालाई समाजप्रति जिम्मेवार बनाउन कार्यक्रमले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
सामाजिक सेवामा समर्पित संस्थाले सांगीतिक कार्यक्रममार्फत सामाजिक चेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । ‘सयपत्री झिलिमिली फेस्ट २०८३’ ले मनोरञ्जनसँगै मानवीय सेवाको सन्देश प्रवाह गर्ने आयोजकको विश्वास छ ।



