२०८३ कात्तिक २४ सोमबार
Jhapa Today
Adv top

बिर्तामोडमा कात्तिक १५ गतेदेखि टिभिएसको ‘अचम्मैको डिल’ अफर


बिर्तामोड, कात्तिक १४ । नेपालमा जगदम्बा मोटर्सले बिक्री गर्दै आएको टिभिएसको मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि झापाको बिर्तामोडमा पाथिभरा अटो लिंकले विशेष ‘अचम्मैको डिल’ योजना सार्वजनिक गरेको छ ।

यही कात्तिक १५ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने यस अफरमा ग्राहकले आफ्नो पुरानो दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गरी नयाँ टिभिएस मोटरसाइकल वा स्कुटर आकर्षक सुविधासहित खरिद गर्न सक्नेछन् ।

यो चाडपर्व टिभिएसको साथमा, भाग्यको चाबी तपाईंको हातमा भन्ने नाराका साथ सार्वजजिनक गरिएको अफरमा हरेक बाइक तथा स्कुटर खरिदमा उपहार पक्का गरिएको कम्पनीले जनाएको छ ।

अफरअन्तर्गत १० लाख रुपैयाँसम्म नगद छुट, सुनको चाबी वा शतप्रतिशत क्यासब्याक मध्ये एक पक्का उपहार ग्राहकले प्राप्त गर्नेछन् । त्यस्तै, हरेक दिनको लक्की ड्रमा दुईजनालाई कम्तीमा पाँच वर्षको निःशुल्क सर्भिसिङ सुविधा दिइनेछ ।

नागरिकता वा लाइसेन्सको आधारमा सहज फाइनान्स तथा निःशुल्क हेल्मेट प्रदान गरिने जनाइएको छ । यो विशेष योजना बिर्तामोडको पश्चिम बस स्ट्यान्ड छेउमा उपलब्ध हुनेछ ।

पाथिभरा अटो लिंकले सीमित अवधिका लागि ल्याएको यस अफरले नयाँ टिभिएस सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई थप सहज र किफायती अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।

Adv footer