२०८३ जेठ १० आइतबार
Jhapa Today
Adv top

लायन्स क्लब बिर्तामोडको अध्यक्षमा बजगाईं


बिर्तामोड, जेठ १० । लायन्स क्लब अफ बिर्तामोडको अध्यक्षमा युवा व्यवसायी कृष्णप्रसाद बजगाईं चयन भएका छन् । वार्षिक साधारणसभा तथा अधिवेशनबाट वर्ष २०२६–२०२७ को लागि बजगाईं अध्यक्षमा चयन भएका हुन् ।

बिर्तामोडमा उनी एक दशकदेखि स्वास्थ्य व्यवसायमा आवद्ध छन् । उनले शान्ति बुद्ध मेडिकल सेन्टर र केयरी फार्मेसी सञ्चालन गर्दै आएका छन् । उनी बिर्तामोड उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य हुन् ।

समितिको प्रथम उपाध्यक्षमा कुशल खतिवडा, द्वितीय उपाध्यक्ष घनेन्द्राराज खनाल, तृतीय उपाध्यक्ष अप्सरा बस्नेत चयन भएका छन् ।

त्यस्तै, सचिवमा मनिष पोद्दार, कोषाध्यक्षमा अवरार अफजल अन्सारी, जनसम्पर्क अधिकारीमा रुपेश भण्डारी, डाइरेक्टरमा नवल शाह र अर्थ पेडिवाल चयन भएका छन् ।

क्लबको बाँकी सदस्य तथा विभिन्न जिम्मेवारीहरु पद हस्तान्तरणअघि दिइने अध्यक्ष बजगाईंले जानकारी दिए । बिर्तामोडमा मात्र लायन्सको आधा दर्जनभन्दा बढी क्लबहरु रहेका छन् ।

Adv footer