२०८१ बैशाख ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

नेकपाले तोक्यो इलाममा इन्चार्ज


इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) इलामका विभिन्न नगर तथा गाउँपालिकाका इन्चार्ज र सहइन्चार्ज चयन गरिएको छ । नेकपा इलामको सचिवालय बैठकको निर्णयबाट सर्वसम्मतबाट इन्चार्ज र सहइन्चार्ज चयन गरिएको हो ।
नेकपाको इलाम नगरपालिकाका इन्चार्जमा भक्त केसी र सहइन्चार्जमा कृष्ण श्रेष्ठ र जीवन शर्मा ढुङ्गाना, सूर्योदय नगरपालिकाका इन्चार्जमा तेजबहादुर राई, सहइन्चार्ज आरबी राई र नरेश तामाङ चयन भएका छन् । त्यस्तै, देउमाई नगरपालिकाका इन्चार्जमा शान्ता बस्नेत, सहइन्चार्ज सूर्य पोखरेल र गोविन्द न्यौपाने, माई नगरपालिकाका इञ्चार्जमा महेश बस्नेत, सहइन्चार्जमा बुद्धि खनाल र दिपक सिन्च्युुरी रहेको नेकपाले जनाएको छ ।
त्यसैगरी, गाउँपालिकामध्ये चुलाचुली गाउँपालिकाका इन्चार्जमा ओमनारायण खनाल, सहइन्चार्ज विन्दु विश्वकर्मा र न्युसन राई, माङसेबुङ गाउँपालिकाका इन्चार्जमा किरणकुमार राई, सहइन्चार्जमा तारा पौडेल रहेका छन् । फाकफोकथुम गाउँपालिकाका इन्चार्जमा राजकुमार थापा, सहइन्चार्जमा छत्र सुब्बा, सन्दकपुर गाउँपालिकाका इन्चार्जमा उमेश गुरुङ, सहइन्चार्जमा याम राई र भोजप्रसाद खतिवडा चयन गरिएको नेकपाका कार्यालय सचिव नवराज शंकरले जानकारी दिए ।
माईजोगमाई गाउँपालिकाकाा इन्चार्जमा कुवीरमान राई, सहइन्चार्जमा जीतबहादुर राई र दाताराम सञ्जेल, रोङ गाउँपालिकाका इन्चार्जमा चित्रकला बराइली, सहइन्चार्जमा देवकुमार राई र विष्णुमाया खवास चयन भएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer