२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला


झापा । पाकिस्तानको एउटा विशेष अदालतले पूर्वसैन्य शासक परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ ।
बिसिसी उर्दूका अनुसार पेशावर उच्च अदातलका मुख्य न्यायाधीशसहितको तीन सदस्यीय इजलासले मङ्गलबार मुशर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको हो ।
पाकिस्तानी सञ्चारमाध्यमले यो आदेशलाई पाकिस्तानको इतिहासमै पहिलो भनेको छ । डन पत्रिका लेख्छ, “उच्च अदालतका प्रधानन्यायाधीश वकार अहमद सेथको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले मङ्गलबार लामो समयदेखि चलेको देशद्रोहको मुद्दामा पूर्वसैनिक शासकलाई मृत्युदण्डको सजाय सुनाएको हो ।“
उनलाई सन् २००७ नोभेम्बर ३ मा संकटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको डनले लेखेको छ । यो मुद्दा सन् २०१३ देखि विचाराधीन थियो ।
मुशर्रफ सन् २०१६ देखि युएइको दुबईमा रहेको डनले लेखेको छ । (बिबिसी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer