२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

शरणामतीमा अध्यक्ष कप भलिबल हुने


बिर्तामाड । भलिबलको हबका रुपमा रहको झापा गाउँपालिकाको शरणामतीमा पालिकास्तरीय पुरुष भलबिल प्रतियोगिता हुने भएको छ ।
२०५१ सालदेखि विभिन्न नाममा हुँदै आएको प्रतियोगिता यो वर्षबाट अध्यक्ष कप प्रदेश नम्बर १ पालिकास्तरीय भलिबल प्रतियोगिताको रुपमा सञ्चालन हुने आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्लीले जानकारी दिए । शनिबार सुरुंगामा आयोजित पत्रकार सम्मेलनमा ताम्लीले प्रतियोगिताबारे प्रस्ट पारेका थिए ।
झापा गाउँपालिकाको आयोजनामा हुने प्रतियोगिता यही पुस १४ गतेबाट सुरु भई पुस १९ गते फाइनल हुनेछ । स्थानीय जनता माविको मैदानमा हुने प्रतियोगितामा प्रदेश नम्बर १ का २४ वटा पालिका टिमहरुको सहभागिता हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद एक लाख एक हजार १११ र ट्रफी प्राप्त गर्नेछ भने दोस्रो हुनेले ७१ हजार १११ र ट्रफी, तेस्रो टिमले २१ हजार १११ र ट्रफी तथा चौथो हुने टिमले नगद ११ हजार १११ र ट्रफी पाउने अध्यक्ष ताम्लीले जानकारी दिए ।
प्रत्येक खलको म्यान अफ दि म्याचले एक हजार पाउँदा प्रतियोगिताको बेस्ट डिफेन्स, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर र बेस्ट लिफ्टरले पाँचपाँच हजार रुपैयाँ पाउने छन् । सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न छ लाख ९४ हजार ९४४ रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने झापा गाउँपालिकाले चार लाख रुपैयाँ दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer