२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

रियाल बराबरीमा रोकियो, बार्सिलोनालाई फाइदा


झापा । रियाल मड्रिडले घरेलु मैदानमा एथलेटिक क्लबविरुद्ध जित निकाल्न नसक्दा शीर्ष स्थानको बार्सिलोनालाई प्रत्यक्ष फाइदा पुगेको छ।

स्पेनिस ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा रियाल एथलेटिकसँग गोलरहित बराबरीमा रोकिएको हो।

जिनेदिन जिदान नेतृत्वको टोली घरेलु मैदानमा बराबरीमा रोकिएसँगै लिगअन्तर्गत पहिलोचरणको खेल सकिन एक खेल बाँकी रहँदा अङ्‍क तालिकामा बार्सिलोनाभन्दा २ अङ्‍कले पछि परेको छ।

यसअघि यो सिजन खेलेका १७ खेलसम्ममा रियाल र बार्सिलोना दुवै समान ३६ अङ्‍क जोडेका थिए। समान अङ्‍क भए पनि गोल अन्तरको आधारमा बार्सिलोना शीर्ष स्थानमा रहँदै आएको थियो।

शनिबार राति १८औं खेलमा डेपोर्टिभोलाई ४-१ ले पराजित गर्दै बार्सिलोनाले ३ अङ्‍कको अग्रता लिएको थियो। र, आइतबार राति रियाललाई एथलेटिकमाथि जित निकाल्दै बार्सिलोनासँग अङ्‍क बराबरी गर्ने अवसर थियो। तर, रियालले बराबरी खेल्दै एक अङ्‍क मात्र जोड्न सक्यो। रियाल १८ खेलबाट ३७ अङ्‍कसहित लिगको दोस्रो स्थानमा कायम छ।

यसअघि बार्सिलोनाको घरेलु मैदानमा खेलिएको सिजनको पहिलो ‘अल क्लासिको’ बराबरीमा टुङ्‍गिएको थियो। – एजेन्सी


Adv footer