२०८१ बैशाख ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

सर्याे प्रदेशस्तरीय महिला फुटबल


बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा यही पुस ८ गतेबाट हुने भनिएको प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिता सरेको छ । प्रतियोगिता यही पुस ११ गतेबाट सञ्चालन हुने भएको हो ।
झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा र उदयपुरका एक÷एक टिमले सहभागिता जनाउने प्रतियागिता पुस १५ गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष डिके गुरुङले जानकारी दिए । प्राविधिक कारणले प्रतियोगिता तीन दिन पछि सार्नुपरेको उनले बताए ।
बिर्तामोड फुटबल क्लबको आयोजनामा हुने ‘तमू ल्होसार गोल्डकप–२०७६’ प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार १११ रुपैयाँ प्राप्त गर्नेछ । क्लबका अध्यक्ष डिके गुरुङले हरेक वर्ष ल्होसारको अवसरमा महिला फुटबल प्रतियोगिता गर्ने योजना रहेको बताए ।
प्रतियोगिता सम्पन्न गर्न २१ लाख खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा उपविजेताले ५१ हजार १११ रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले ३ हजार र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीले ५ हजार रुपयाँ पाउने आयोजकले जनाएको छ ।
यसअघि २०६३ सालमा महिला फुटबल प्रतियोगिता भए पनि प्राविधिक कारणले निरन्तरता पाउन सकेको थिएन । प्रतियोगिता तमू ल्होसारको अवसर पारेर हुन लागेको हा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer