२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

एन्फाले छोट्यायो चार खेलाडीमाथिको प्रतिबन्ध


काठमाडौँ । अखिल नेपाल फुटबल संघले (एन्फा)ले विमल घर्ती मगरसहित चार फुटबल खेलाडीमाथि लगाएको प्रतिबन्धको समय घटाएको छ ।

एन्फाको अनुशासन समितिले आज विमलसँगै अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङमाथि गरिएको कारवाही २७ दिन घटाउने निर्णय गरेको हो ।

विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने अघिल्लो दिन ‘नाइट क्लब’मा गएको भन्दै अनुशासन समितिले विमल र दिनेशलाई ९० दिनको तथा सन्तोष र अञ्जनमाथि ४५ दिनको प्रतिबन्ध लगाएको थियो । उनीहरुमाथिको प्रतिबन्धको समय कात्तिक ३० गतेदेखि गणना गरिने एन्फाले निर्णय गरेको छ । चारैजना आवद्ध क्लबले प्रतिबन्धको समय घटाउन एन्फालाई गुहारेका थिए ।
एन्फाले चारै खेलाडीमाथि ५० हजार रुपैयाँ जरिवानासमेत गरेको थियो । प्रतिबन्धपछि उनीहरुले नेपालमा आयोजना गरिएको १३औँ दक्षिण एसियाली खेलकूद (साग) गुमाउनु परेको थियो । अञ्जन र सन्तोषको निलम्बन पुस १५ गतेदेखि तथा विमल र दिनेशको निलम्बन माघ ३० गतेदेखि फुकुवा हुने एन्फाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer