२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

मञ्च र नेम्वाङबीच सम्झौता


धुलाबारी । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले ‘झापा स्पोर्टस् अवार्ड’ का लागि दाताहरुसँग आर्थिक सम्झौता सुरु गरेको छ ।
यसै क्रममा आगामी तीन वर्षका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र मञ्चबीच आर्थिक सम्झौता नवीकरण भएको छ । नेम्वाङले यसअघि अवार्डका तीन संस्करणमा पनि सहयोग गरका थिए । नेम्वाङका भाइ पूर्वफुटबल खेलाडी आशिषविक्रम नेम्वाङको स्मृतिमा मञ्चले ‘झापा स्पोर्टस् अवार्ड’ गर्दै आएको छ ।
झापाको धुलाबारीमा आयोजित एक कार्यक्रमका बीच नेम्वाङ र मञ्च झापाका अध्यक्ष हिमाल खरेलबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । नेम्वाङले आफ्ना भाइको स्मृतिमा मञ्चलाई अवार्ड सम्पन्न गर्न सहयोग गर्दै आएका हुन् । मञ्चका अध्यक्ष खरेलका अनुसार अवार्डको चौथो, पाँचौँ र छैटौँ संस्करणका लागि नेम्वाङले एक लाखका दरले तीन लाख रुपैयाँ प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौतापछि नेम्वाङले खेलकुद क्षेत्रको विकासका लागि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । नेम्वाङले भने, ‘मेरो सानो सहयोगले खेलाडीलाई उत्प्रेरणा मिल्छ भन्ने आशा राखेको छु ।’ कार्यक्रममा अध्यक्ष खरेलले मञ्चमार्फत खेलकुद र खेलाडीको उन्नति र हौसला प्रदान गरेको भन्दै नेम्वाङलाई धन्यवाद दिए ।
कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले ‘मामा’, महासचिव सुन्दर बस्नेत र मञ्चका सहसचिव भूमिका सुब्बालागयतको उपस्थिति रहेको थियो । खेलकुद क्षेत्रको विकास र विस्तारका लागि मञ्चले विभिन्न ६ विधामा अवार्ड प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer