२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

१० रुपैयाँमै खाना !


बिर्तामोड, पुस १७ । मानवीय सेवा गर्ने अनेक तरिका छन् । त्यसका लागि ठुलो लगानी वा तामझाम चाहिँदैन । पुण्य कर्म गर्न देवालय धाउनु पनि पर्दैन । धर्म गर्ने थुपै्र बाटा छन् । हो, यस्तै उद्देश्य राखेर बिर्तामोडका केही मनकारी युवाले १० रुपैयाँमै खाना खुवाउने काम सुरु गरेका छन् ।


‘सेवा नै धर्म हो’ भन्ने मुल मन्त्रका साथ प्रविन अग्रवाल, मनोज अग्रवाल, मुकेश अग्रवाल, पुरुषोत्तम अग्रवाललगायत बिहीबारबाट बिहानको एक छाक खाना १० रुपैयाँका उपलब्ध गराउन थालेका छन् । बिर्तामोडको खड्का कम्पलेक्सछेउमा उनीहरुले शुद्ध शाकाहारी खानाको व्यवस्था गरेका हुन् ।
खाना बिहान ९ बजेबाट १२ बजेसम्म उपलब्ध हुनेछ । सकेसम्म यो अभियानलाई निरन्तरता दिने उनीहरुको उद्देश्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer