२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

विपन्न परिवारलाई कम्बल


कचनकवल । कचनकवल ३ स्थित दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समूहले ६० विपन्न परिवारलाई न्यानो कम्बल वितरण गरेको छ । वन समूहको १५ औँ साधारणसभाको अवसरमा न्यानो कम्बल वितरण गरिएको हो ।
धनराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य वसन्त बानियाँ, वडा अध्यक्ष मेखबहादुर भट्टराई, जिल्ला वन महासंघका अध्यक्ष वेदप्रकाश भण्डारी, वन सबडिभिजनका प्रमुख दिपक भण्डारीले मन्तव्य राखेका थिए ।
२५४ हेक्टर क्षेत्रफल रहको सो वनमा ५ हेक्टरमा सिमसार तथा पर्यटकीय क्षेत्र निर्माणको तयारी भइरहेको सो क्षेत्रका प्रदेशसभा सदस्य वसन्त बानियाँले जानकारी दिए । त्यसका लागि उनले २५ लाख रुपैयाँ विनियोजन गरेका छन् । सो क्षेत्रमा पर्यापर्यटन निर्माणका लागि १५ करोड रुपयाँको डिपिआर तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer