२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

सहाराले गर्यो मस्तिष्क तथा स्नायू रोगको उपचार


बिर्तामोड । सहारा नेपाल साकोसको अगुवाईमा भएको मस्तिष्क तथा स्नायू रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ३५० जना रोगीको उपचार गरिएको छ ।
सहारासहित बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाले दुई दिने शिविरको आयोजना गरेका हुन् । शिविरमा नशा रोग विशेषज्ञ डा. वसन्त पन्तसहितको टोलीले बिरामीको स्वास्थ्य जाँच गरेको थियो । शिविर सञ्चालनका लागि अन्नपूर्ण न्युरो अस्पताल काठमाडौँ, फेमिली हेल्थ नेपाल र बिएन्डसी अस्पतालको प्रविधिक सहयोग रहेको थियो ।
शिविरमा उपचारका लागि तीनवटा नगरपालिकाबाट आएका बिरामीले लाभ लिएका थिए । यसअघि यी नगरका विभिन्न स्वास्थ्य संस्थामा शिविरको आयोजना गर्दै बिरामी पहिचान गरिएको सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए ।
सहारा नेपाल साकोसका अध्यक्ष ताराप्रसाद संजेलको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा बिर्तामोडका नगर प्रमुख ध्रुवकुमार शिवाकोटी, कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, अर्जुनधारा नगर प्रमुख हरिकुमार राना लगायतले मन्तव्य राखेका थिए ।
शिविरमा डा. समिर आचार्य, डाक्टर डा. पंकज नेपाल, डा. चन्द्रप्रकाश लिम्बू, डा. राजीवकुमार साहलगायत चिकित्सकको टोलीले बिरामीको स्वास्थ्य जाँच गरेको थियो । सहकारीले बिरामीको शल्यक्रिया गर्नुपरेको खण्डमा समेत निःशुल्क उपचार गर्ने सहारा नेपालकोे जीवन बरदान कार्यक्रमका संयोजक भक्तबहादुर खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer