२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

क्रिकेट संघको सद्भावनादूतमा गायक प्रमोद


बिर्तामोड । क्रिकेट संघ प्रदेश नम्बर १ ले गायक प्रमोद खरेललाई क्रिकेट संघ प्रदेश १ को सद्भावनादूतको रुपमा नियुक्त गरको छ । विराटनगरमा सम्पन्न संघको दोस्रो बैठकल सो निर्णय गरको हो । गायक खरेलले क्रिकेट सम्बन्धी ‘हामी नेपाली’ बोलको गीत गाएका छन् भने ‘मेरो देश प्यारो नेपाल’ भन्ने खेलकुदबारेको गीत चर्चित छ ।
त्यस्तै, संघले प्रवक्तामा मनोज कटुवाल र सिनियर पुरुष टिमको मेनेजरमा अजय राजवंशीलाई नियुक्त गरेको छ । प्रदेशमा आबद्ध भएका सबै जिल्लाहरुमा विद्यालय तथा कलेजस्तरीय प्रतियोगिता आयोजना गर्न कटुवालकै संयोजकत्वमा ५ वटै जिल्लाका अध्यक्षहरु सदस्य रहने समितिसमेत संघले निर्माण गरेको छ ।


त्यस्तै, विभिन्न उपसमितिहरु समेत गठन गरको छ । प्रदिपराज पाण्डेको संयोजकत्वमा नारद नेपाल र मानबहादुर राई सदस्य रहेको प्राविधिक उपसमिति, मिङमा डण्डु शेर्पाको संयोजकत्वमा नवीन घिमिरे, मनोज कटुवाल र बिरु श्रेष्ठ सदस्य रहेको कार्यसम्पादन उपसमिति गठन गरेको छ । लाक्पा लामाको संयोजकत्वमा टिकाराम पुरी र राजकुमार प्रधान सदस्य रहेको छनोट उपसमिति, सचिन सुब्बाको संयोजकत्वमा सुमेश कुमार हल्वाई, अनुप ढुङ्गाना, गणेश खतिवडा र रोशन बुढाथोकी सदस्य रहेको अनुशासन उपसमिति, बिरु श्रेष्ठको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको छ ।
त्यस्तै, संघमा आवद्ध रहेका पाँचवटै जिल्लामा क्रिकेट विकासका लागि खेलमैदानको पहिचान गरी निर्माण र स्तरउन्नति गर्ने निर्णय गरिएको छ । संघले भीम पराजुली (मेयर विराटनगर महानगरपालिका), पारस लुनिया (पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा व्यवसायी), सूर्य थपलिया (प्रबन्धक नेपाल पर्यटन बोर्ड, ईश्वरबाबु कार्की (वरिष्ठ प्रहरी उपरीक्षक, नेपाल प्रहरी), निलडेविट कटुवाल (व्यवसायी), जीवनकुमार दास (व्यवसायी ) लाई सल्लाहकारमा नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer